नेपालगन्जको एग्रोभेटमा म्याद नाघेका विउविजन फेला

प्रदिप राजवंशी, नेपालगन्ज : नेपालगन्ज र खजुराका विउ विजन विक्रेता एग्रोभेटहरुमा कृषि ज्ञान केन्द्रले अनुगमन गरेको छ । ज्ञान केन्द्रको आयोजना तथा जिल्ला प्रशासन, नेपालगन्ज उप महानगरपालिका कृषि शाखा, पत्रकार लगाएतको टोलिले अनुगमन गरेको हो ।

अनुगमनमा अधिकाशं क्षेत्रमा म्याद नाघेका हाइव्रिड विउ फेला परेको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए । नेपालगन्जको धम्बोझीमा रहेको चितवन एग्रो भेटबाट ठुलो मात्रमा म्याद नाघेका हाइव्रिड तरकारीका विउहरु अनुगमन टोलिले विक्रि गर्ने स्थानमा राखेको अवस्थामा फेला पारेको हो । त्यस्तै धम्बोझीकै जय नेपाल एग्रो कन्सर्नमा पनि ठुलै मात्रामा विउ विजन अनुगमन टोलिले फेला पारि बरामत गरेको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए । किसानले एग्रोभेट बाट विउ विजन खरिद गरि लगाउँदा राम्रो संग नउम्रने समस्या आइरहेको गुनासा आइरहेका समयमा अनुगमन टोलिले एग्रोभेटहरुबाट म्याद नाघेका विउहरु फेला पारेको हो ।

अनुगमनका क्रममा भेटिएका उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेश सचिव प्रभात सिंह ठकुरीले हाल भैरहेको अनुगमनलाई निरन्तरता दिनुपनेृ बताए । कमिकमजोरीलाई सच्याउदै पटक पटक लापरबाहि गर्ने फार्मलाई कार्वाहिको दायरामा ल्याउन सम्बन्धित निकाए कसिनुपर्नेमा उनको जोड थियो । ठकुरीले कृषि संगै अन्य क्षेत्रहरुको अनुगमन गर्न अति जरुरी रहेकाले यस सम्बन्धमा पनि चासो बढाउन आवश्यक रहेको बताए । अनुगमनपछि कृषि ज्ञानकेन्द्र बाँकेको कार्यालयले सम्बन्धित पसलहरुलाई पत्र लेख्ने । म्याद नाघेको विउ फिर्ता गरेको प्रमाण एग्रोभेटले प्रमाण पेस गर्नुपर्ने । पुनः आउँदा म्याद गुर्जेका विउविजन फेला परे कानुनी उपचार गरिने अनुगमनटोलिले जनाएको छ । अहिलेलाई व्यवसायिलाई छुट दिइएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले बताए ।

अनुगमन टोलिलाई नष्ट र जफत गर्ने अधिकार मात्र भएकाले अन्य कार्वाहि गर्न नसकिएको उनले बताए । ‘अन्य थप कार्वाहि गर्ने अवस्था आएमा मुद्धा प्रक्रियाबाट जानुपर्ने हुन्छ; कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले जनाए । नेपालगन्ज र खजुरा गरि आधा दर्जन जति एग्रोभेटहरुमा मंगलबार अनुगमन गरिएको हो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ्ग, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सकिल अहमद, नेपालगन्ज उप महानगरपालिका कृषिशाखाका प्रतिनिधि, कृषि ज्ञान केन्द्रका अधिकृतहरु, उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेश सचिव प्रभात सिंह ठकुरी, कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष खगेन्द्र दाहाल लगाएतको उपस्थिती रहेको थियो । भिडियो सहित हेर्नुस्

प्रतिक्रिया