
सौरभ राना
नेपालगन्ज, २५ माघ : धारा मंगोलियन स्पोर्टस क्लब र नेपालगन्जमोडेल एकेडेमीले नेपालगन्ज मेयर तथाउपमेयर कपक्रिकेट प्रतियोगितामाबिहिबार जितहासिल गरेका छन् ।
मंगलप्रसादउच्चमाविको खेल मैदानमाभएको पुरुषतर्फको खेलमामंगोलियन स्पोर्टस क्लबले नेपालगन्ज–११ रकर्सलाई ४ विकेटले पराजित गरेको छ । यसैगरी महिलातर्फको खेलमा नेपालगन्जमोडेलले कोहलपुरको त्रिभुवन स्कुललाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज–११ का खेलाडी १०.२ ओभरमा ६५ रन बनाएर अलआउट भए । नेपालगन्ज–११ कालागिमोहितगुप्ताले २६ रन बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन ।
वलिङ तर्फ मंगोलियनकाप्लेयर अफ द म्याचमोहम्मदकामिलले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा १७ रनमात्रखर्चेकाथिए । मंगोलियनकै साउदअन्सारीले ३ विकेट लिन सफलभए । जवाफमा ६६ रनको झिनो लक्ष्य पछयाँदै मैदानमाआएको मंगोलियनले ९.१ ओभरमा ६ विकेटको नोक्सानीमाजितहासिल गरेको थियो । मंगोलियनकालागि राजेन्द्र डाँगीले अविजित १९ रन बनाए । अफरोज खानले १४ रनको योगदान गरे ।
नेपालगन्ज–११ काअबुजार हलवाईले २ विकेट लिन सफलभए । प्लेयर अफ द म्याचमोहम्मदकामिललाई तरुणदल बाँके अध्यक्षविरेन्द्र शाहले पुरस्कृत गरे । यसैगरी महिलातर्फको खेलमा राष्ट्रिय टोलीकीपुर्व कप्तान नेरी थापाले ७१ रनको योगदान गरेपछि टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगन्जमोडेलले २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ९४ रन बनाएको थियो । खेलमा सर्वाधिक रन बनाएकी नेरीले ४७बलमा १४ चौकाप्रहार गरेकीथिइन् । राष्ट्रिय टिमबाट खेलिसकेकी तृष्णा सिंहले अविजित ३२ रन र चमेलीचौधरीले अविजित २१ रन बनाईन ।
त्रिभुवनकालागिनिर्मलासिजापती र सुरुती बुढाले १–१ विकेट लिइन । जवाफमात्रिभुवनले १६ ओभर खेल्दै अलआउट हुनु अघि ६० रनमात्रजोडन सक्यो । त्रिभुवनकालागिओपनर श्वेता सुवेदीले ९ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् । प्लेयर अफ द म्याच नेपालगन्जमोडेलकीचमेलीले सर्वाधिक ५ विकेट लिईन । अलराउन्डर चमेलीले ४ ओभरमा १८ रनमात्रखर्चेकीथिइन । नेपालगन्जकीनिरुपमागिरीले २ विकेट लिईन । खेलमाप्लेयर अफ द म्याचचमेलीलाई नेपालीकांग्रेसका नेता सुदिप नरसिंह राणाले पुरस्कार वितरण गरेकाथिए ।
बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामामेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।