जातिय तथा लैंगिक विवेदका विषयमा सञ्चारकर्मीसंग अन्तरक्रिया

बर्दिया : समाज विकासको अवरोध, जातिय तथा लैंगिक विवेद भन्ने मुल नाराका साथ दलित महिला र वालवालिकाको मानव अधिकार संरक्षणमा सञ्चारकर्मीको भुमिका विषयक एक दिने कार्यक्रम शुक्रवार वर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

दलित महिला संघको आयोजाना सम्पन्न कार्यक्रममा बर्दियाका क्रियासिल संचारकर्मीहरुसंग समसायिक विषयमा छलफल भएको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले बताइन । दलित तथा पिछिडिएका बर्गले समाजमा भोगेका समस्याहरुलाई सञ्चार माध्यमले विशेष प्राथामिक्ता मा राखि छापाखाना , रेडियो ,तथा डिजीटल मिडीया मार्फत उजागर गर्नु पर्ने सुनारले बताएकी थिइन ।

विश्व नै डिजीटल यूगमा आइसक्दा समेत यहाँ भने दलित समुदायका बालबालिकाहरु सामाजिक विभेदको सामना गर्नु पर्ने देखिएको सहभागिले बताएका थिए । समाजमा अहिले पनी घरको आर्थिक अवस्थाका कारण विद्यालय विचैमा छाड्ने र आफ्नो उदेश्य हासिल गर्न नसक्दा थप मारमा दलित समुदायका बालबालिका पर्ने गरेको देखिएको सुनारले बताइन । राज्यबाट त्यस्ता बालबालिकाको संरक्षणका लागि शैक्षिक सुधारको कार्यक्रम आवश्यक रहेको सुनारले बताइन ।

कार्यक्रममा पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य सहित विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया