
संजय आचार्य बर्दिया : शुक्रवार देखि प्रारम्भ भएको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा मंगलवार गायिका शान्तिश्री परियारले च्वास च्वास गति गाएपछि माहोल तातिएको थियो ।चर्चित सन्चारकर्मि तथा गायिका शोभा त्रिपाठीको सुमधुर आवाजले दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।
उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा दश दिनको लागि लागेको महोत्सवको पाँचौ दिन दर्शकहरुको घुइचोले भरिएको थियो ।
गुलरिया नगरपालिका–८ निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि लागेको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरन्जन भररहेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।
पौष ६ गते देखी १६ गते सम्म हुने महोत्सवमा मंगलवार सान्ती श्री परियार, श्रीनिवास चौधरी , लक्ष्मी चौधरीका साथै विवश चौधरीको प्रस्तुती रहेको थियो भने आज ११ गते प्रमोद खरेल, अन्जली अधिकारी, राज कुस्मी रहने उद्योग बाणीज्य संघ गुलरियाका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठले बताए ।
१२ गते चक्र बम, अन्जु कुस्मी, टीका जैसी, १३ गते रमेश राज भट्टराई, ज्योति मगर, १४ गते प्रीति पास्वान, आरके थारु, एन्जिला रेग्मी, १५ गते पल शाह, पुर्णकला विसि, काजिस श्रेष्ठ, १६ गते अनु चौधरी , दिनेश काफ्ले, कोस खड्का र विष्णु थापा आउने सेडुल रहेको श्रेष्ठले जनाए ।
समृद्ध बर्दियाका प्रमुख आधार कृषि, पर्यटन, संस्कृति र पूर्वाधार मुख्य नारा सहित शुरु भएको महोत्सवमा मंगलवार सम्म दर्शकहरुको बाक्लो उपस्ती रहेको उयोग बाणिज्यसंगका निर्वतमान अध्यक्ष एवम महोत्सव अनुगमन समिती सदस्य विर बहादुर चौधरीले बताए ।