
बाँके, बैशाख ९ । नेकपा एमाले बाँके केन्द्रीय कार्यक्रम अनुसार सञ्चालन गरेको सिमन ग्रासरुट गाउँपालिका स्तरीय अभियानको शनिबार समापन भएको छ । नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएका अग्रजहरुलाई सम्मान गरिएको छ ।
यसैक्रममा खजुरा गाउँपालिकामा भएको खजुरा कमिटीका अध्यक्ष गेहेन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खड्गबहादुर खड्का, जिल्ला अध्यक्ष किस्मत कक्षपति प्रदेश कमिटी सदस्य नन्द बिश्वकर्मा, आरती पौडेल, जिल्ला कमिटी सदस्य भिम वली, अशोक कर्माचार्य , गाउँपालिका कमिटीका इन्चार्ज समर खत्री, उपाध्यक्ष झगवहादुर पौडेल, सहसचिव लल्लन यादव लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । नेताहरुले मिसन ग्रासरुट अभियान प्रभावकारी भएको भन्दै योक्रममा बनेका संगठनलाई चलायमान बनाउन सुझाव दिनुभएको छ ।


