खजुरामा सुत्केरीलाई निःशुल्क दुग्धवर्धक औषधि वितरण

खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का सुत्केरी महिलाहरुलाई दुग्धवर्धक औषधि निःशुल्क वितरण गरिएको छ । नागरिक आरोग्य सेवा केन्द्र खजुराले स्तनपायी आमा तथा नवजात शिशुको शुरक्षार्थ दुग्धवर्धक औषधी वितरण गरेको हो । स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धिका लागी सहयोग पुगोस भन्ने हेतुले उक्त औषधि वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले जानकारी दिए ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले उक्त औषधि वितरणको सुभारम्भ गर्दै सुत्केरी महिलाहरुको लागी अति उपयोगि रहेको भन्दै निधक्क सेवन गर्न आग्रह गरिन । उपाध्यक्ष मल्लले नवजात शिसु र सुत्केरी महिलाहरुको स्वास्थ्य प्रति पालिका संम्वेदनशिल रहेको भन्दै उनले यस किसिमको अरु धेरै कार्यक्रमहरु ल्याएको र कार्यानयनमा रहेको जानकारी दिइन । नागरिक आरोग्य सेवा केन्द्रले दैनिकी रुपमा ओपिडि सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायि सेवा, विद्यालय आयुर्वेद तथा यौन शिक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य जिवनशैली, योग, स्थानिय स्तरमा पाइने जडिबुटी, आयुर्वेद स्वास्थ्य शिक्षा दिदै आइरहेको कार्यालय प्रमुख खनालले जानकारी दिए ।

नागरिक आरोग्य सेवा केन्द्रले यो संगै निशुल्क स्वास्थ्य शिविर पनि संचालन गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ महिनासम्म २८ सय जनाले सेवा लिइसकेको सेवाकेन्द्रले जनाएको छ । सोमबार केन्द्रले ९० जना सुत्केरी महिलाहरुलाई सेवा दिएको हो । नागरिक आरोग्य सेवा केन्द्रले केहि समयपछि पंचकर्म सेवा समेत सुरु गर्न लागेको केन्द्रका प्रमुख खनालले बताए । औषधी वितरण कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेषको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक कृष्णा कुमारी पोख्ररेल , बाके आयुर्वेद स्वास्थ्य केन्द्रका डा. गिता रेग्मि , स्वास्थ्य शाखा खजुराका उपप्रमुख लक्ष्मी के.सि, उढरापुर स्वास्थ्य चौकि प्रमुख चन्द्र बहादुर पान्डे , सि अ.न.मि लक्ष्मी देबि कार्कि, नागरिक आरोग्य सेबा केन्द्र खजुराका ब्यबस्थापन समितिका सदस्य डा.फारुख अहमद खा ,कबिराज अन्जना थारु ,पत्रकार खगेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया