खजुरामा महाआरती २४ गते हुने

नेपालगन्ज : लक्ष्मि नारायण मन्दिर खजुरामा २४ गतेदेखि महाआरती हुने भएको छ । धार्मिक पर्यकटिय क्षेत्रका रुपमा खजुरालाई चिनाउन महाआरति गर्न लागिएको हो ।

लक्ष्मि नारायण मन्दिर व्यवस्थापन समिति र खजुरा क्षेत्र संरक्षण समितिले सयुक्त रुपमा पत्रकार सम्मेलन गरी महाआरती र तिज महोत्सवका बारेमा जानकारी दिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षता तथा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीको सह अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महाआरति सगैं खजुरामा लाग्ने बृहत तिज महोत्सवलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरेका थिए । महा आरती भाद्र २४ गते हुदैछ भने तिजको कार्यक्रम असोज १ गते हुदैछ ।

प्रतिक्रिया