खजुरामा अपाङ्गता भएकालाई सहयोगि सामाग्री वितरण

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा अपाङ्गता भएकालाई सहयोगि सामाग्री वितरण गरिएको छ । अपाङ्गता भएकाहरुको हितमा काम गर्दै आइरहेको संस्था डेक नेपालको आयोजना महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरबारको आर्थिक सहयोग तथा खजुरा गाउँपालिकाको साझेदारीमा सहयोगि सामाग्री वितरण गरिएको हो ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लको अध्यक्षतामा भएको सहयोगि सामाग्री वितरण कार्यक्रममा ६२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्लले सयुक्त रुपमा सहयोगि सामाग्री वितरण गरेका थिए । खजुराका अपाङ्गता भएकालाई ह्वीलचियर २१ जनालाई, ट्राइसाइकल ६ जनालाई, वाकर ३ जनालाई, स्टीक ४ जनालाई, बैशाखी ५ जोडी, कृतिम हात खुट्टा ६ जनालाई, सिपि चियर १ जनालाई, सेतो छडी ७ जनालाई र ट्याइलेट चियर ६ जनालाई वितरण गरिएको हो ।

अपाङ्गता भएका व्यत्तिहरुको लागि आवश्यक पर्ने सहायता सामाग्री प्राविधिक रुपमै सुनिश्चित गरेर प्रदान गरिएको डेक नेपालका निर्देशक तथा अपाङ्ख महासंघ नेपालका केन्द्रिय अध्यक्ष देवीदत्त आचार्यले बताए । अध्यक्ष आचार्यले अपाङ्गता भएकाले प्रयोग गर्ने सामाग्रीलाई प्रावधिक रुपमा परिक्षण नगरी प्रयोग गर्दा थप अपाङ्गता हुने सम्भावना भएकाले प्रतक्ष रुपमै प्रयोगमा ल्याई प्रदान गरिएको उल्लेख गरे । अपाङ्गता भएकालाई गुणस्तरीय सामग्री प्रदान गर्ने मन्त्रालय र पालिकालाई उनले धन्यबाद ज्ञापन गरे । अपाङ्गता भएकालाई सहयोगि सामाग्री फिटिङ्ख तथा वितरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष डम्बर बहादुर विकले पछाडि परेका अपाङ्खता भएका व्यक्तिहरुलाई सपाङ्ख सरह सेवा सुविधा दिन आफुहरु प्रतिवद्ध रहेको बताएका थिए । उनले आगामि आर्थिक वर्षका लागि अपाङ्खता भएका व्यक्तिहरुको वृद्धि विकास गर्न थप बजेट विनियोजन गर्ने योजना रहेको सुनाए ।

पालिका उपाध्यक्ष मल्लले स्थानिय सरकारले खेल्नुपर्ने भुमिका डेक नेपालले खेलेको भन्दै कार्यसम्पादनको प्रशन्सा गरिन । खजुरामा रहेका अन्य अपाङ्गता भएकाहरुलाई समेट्दै लैजाने उल्लेख गरिन् । स्थानिय सरकारको भुमिकामा आफुहरु प्रष्ट रहेको भन्दै अपाङ्खता भएका व्यक्तिलाई राज्यको हरेक सेवा सुविधा पुगाउन लागिपरेको उपाध्यक्ष मल्लले बताइन । वितरण गरिएको सहायता सामग्रीले अपाङ्गता भएका व्यक्तिहरुको जिवनयापन संचालन गर्न सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया