खजुराको फोहोर उठ्न सुरु

नेपालगन्ज : बाँकेको खजुरामा फोहोर संकलन गरि व्यवस्थापन गर्न थालिएको छ । खजुरा गाउँपालिकासंगको साझेदारीमा सुन्दर विहानी युवा क्लब, जानकी ४ बाँकेले सरसफाई तथा फोहोरमैला व्यवस्थापन परियोजना अन्तर्गत खजुरामा रहेका फोहोर बस्तुलाई संकलन गर्ने र त्यस्को उचित व्यवस्थापन गर्न बुधबारदेखी कामको थालनी गरेको हो ।

बुधबार विहान फोहोर संकलनका साथै जनचेतना कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले नेपालगन्जबाट खजुरा आउन सहज यातायातको व्यवस्था भैसकेको र खजुराको पर्या पर्यटन प्रर्वद्धन गर्न फोहोर व्यवस्थापन गर्न आवश्यक रहेकोमा यसको थालनी भएको बताए । अध्यक्ष विकले खजुराका सबै बजार क्षेत्रमा फोहोर संकलन गर्न सरसफाईकर्मि जाने भएकाले सबैले फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरे ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले खजुराको सुन्दरतालाई फोहोरले विगारिरहेको अवस्थामा अब फोहोर संकलन र व्यवस्थापन पछि थप सुन्दरता बढ्नेमा आशाबादी रहेको बताइन । फोहोर संकलनको पहिलो दिन खजुराका स्थानियहरु समेतले सक्रियता जनाएका थिए । स्थानियले यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए । सुन्दर विहानी युवा क्लबका कार्यबाहक अध्यक्ष गणेश थापाले दैनिक रुटिङ मिलाएर खजुराको फोहोर संकलन गरिने बताए ।

उनले आफ्नो घर, टोल, बस्ती, पसलहरुबाट निस्कने फोहोर संकलन गर्न आउने गाडिमा फोहोर प्रदान गरि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरे । फोहोर संकलन बैशाख १० गते देखि निरन्तर गरिने सुन्दर विहानी युवा क्लबले जनाएको छ । विहानको समयमा फोहोर संकलन गरिने क्लबले जनायो ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o