खजुराका राजस्व संकलनकर्ता कर्मचारीलाई पुर्नताजगी तालिम

खजुरा : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा स्थानिय संचित कोष व्यवस्थापन प्रर्णाली राजस्व मोडयुल सम्बन्धि पुर्नताजगी तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार देखि चलेको पुर्नताजगी तथा समिक्षा कार्यक्रममा राजस्व संकलन गर्दा कसरी कार्य सम्पादन गर्ने, नयाँ र पुराना करदाताको रेकर्ड कसरी राख्ने, करको दायरामा व्यवसायलाई ल्याउन के गर्ने, राजस्व संकलन बृद्धिका लागि कस्तो रणनितिक योजना बनाउने लगाएतका विषयमा पुर्नताजगी तालिम प्रदान गरिएको थियो । दुई दिन सम्म चलेको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले राजस्व संकलनको लागि तयार पारिएको नयाँ सप्टवेयरमा अभ्यासको थालनी गरिएको बताए । अहिलेको प्रविधि अपनाएर राजस्व चुहावट कम गर्न आवश्यक काम गर्ने अध्यक्ष विकले विस्वास व्यक्त गरे ।

अध्यक्ष विकले नयाँ प्रणाली अनुसार नै राजस्व संकलनको कार्य गर्नुपर्ने भएकाले सोहि अनुरुप कर्मचारीहरुले आफु निश्चित भएर काम अगाढि बढाउन निर्देशन दिए । कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले पुर्नताजगी तालिमले राजस्व संकलनमा सहजता हुने बताइन ।

कार्यक्रममा खजुरा गाउँपालिकाका राजस्व संकलनमा क्रियासिल कर्मचारी लगाएतको उपस्थिती रहेको राजस्व शाखा प्रमुख तथा प्रशिक्षक भत्त बहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया