
नेपालगन्ज : बाँकेको कोहलपुरमा ३० करोड ६२ लाख ७ हजार ७०१ कुल लागतमा निर्माण गरिएको बसपार्कको उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक समारोहका विच बसपार्कको उद्घाटन गरे । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्यद्वारमा रहेको यो बसपार्कले कोहलपुरलाई स्थापित गर्न मद्धत गर्ने बिस्वास लिइएको छ । मुख्यमन्त्रि चौधरीले नयाँ बसपार्क लुम्बिनी प्रदेशको गहनाको रुपमा रहेको बताए । बसपार्क निर्माणका लागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले गरेको छ ।
२० वटा लामो दुरीका बस, २२ वटा मध्यम दुरीका सवारी साधन तथा गाडी र अटोसहित ७९ वटा छोटो दुरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ वटा व्यवसायीक सटर, तीन वटा ब्लकमा २७ वटा शौचालय (३ वटा अपाङ्गमैत्री), २४ वटा टिकट काउण्टर, ग्यारेज सहित २ वटा विद्युतीय चार्जिङ सेन्टर, प्रहरी सुरक्षा कक्ष, स्तनपान कक्ष र धूम्रपान कक्ष निर्माण गरिएको छ । बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका संरचना छन् ।
बसपार्कमा तीन वटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैङ्क तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाइएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दुर्गा बहादुर चौधरी, कृष्णा केसी नमुना, सन्जु थारु, बसन्ती अधिकारी, कोहलपुर नगरपालिकाका पूर्व नगरप्रमुख लुट बहादुर रावत लगायतले बोलेका थिए ।
तस्बिरहरु : खगेन्द्र दाहाल र प्रदिप चौधरी








