
खजुरा : बाँकेको खजुरामा सामाजिक कार्यमा क्रियासिल संस्था आदर्श युवा सञ्जालले आफ्नो भित्तेपात्रो विमोचन गरेको छ । शनिबार खजुरामा एक कार्यक्रमको आयोजना गर्दै सञ्जालले भित्तेपात्रो विमोचन गरेको हो । खजुराको सम्बृद्धिमा युवाको भुमिका विषयक अन्तरक्रिया सहित भित्तेपात्रो विमोचन गरेको सञ्जालले सामाजिक कार्यलाई थप सक्रियता दिइने जनाएको छ । सञ्जालले आफ्ना गतिविधिहरुलाई समेटेर भित्तेपात्रो प्रकाशन गरेको हो ।
सञ्जालका अध्यक्ष कल्पना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले युवाहरुलाई स्वदेशमै बस्ने बातावरण मिलाउन महत्वपुर्ण कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिइन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष मल्लले आदर्श युवा सञ्जालले समाजममा गरेका कामहरुले सकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै सरकारले गर्नुपर्ने काम गरेकोमा धन्यबाद ज्ञापन गरिन । उनले सञ्जालका हरेक सकारात्मक कार्यमा स्थानिय सरकार सहयोगि बन्ने प्रतिवद्धता व्यक्त गरिन । खजुरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एकमाया विकले समाज रुपान्तरणका लागि युवाको भुमिका अपरिहार्य रहेको उल्लेख गरिन । कार्यक्रममा बोल्दै विकले स्थानिय सरकारले युवा लक्षित कार्यक्रममा जोड दिन आवश्यक रहेको बताइन ।
खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रिले खजुराको विकासमा युवा सहभागिता बढेको र त्यसलाई स्थानिय सरकारले पनि प्राथमिकता दिदै आएको बताए । प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्लले आदर्श युवा सञ्जालका हरेक क्रियापलापलाई नजिकबाट नियालिरहेको बताउँदै थप सक्रिय भएर कार्य गर्न शुभकामना दिए । कार्यक्रममा बरिष्ठ पत्रकार तथा खबरकुरा डटकमका प्रधान सम्पादक शरण कर्मचार्यले खजुरा सरकारले युवाका सवालमा थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सम्पादक कर्मचार्यले युवाका लागि प्रभावकारी कार्यक्रमको खाँचो रहेको औलाए ।
कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न सघंसस्थाका प्रतिनिधि, युवा क्लव, विद्यालयका प्रतिनिधि, युवा व्यावसायि, शुरक्षाकर्मि पत्रकार लगाएतको उपस्थिती रहेको थियो । सञ्जालले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने व्यवसायि, विद्यालय, संघ सस्था, व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।








