
नेपालगन्ज : शुक्रबार बाँकेको खजुरा गाउँपालिका ४ स्थित डि गाउँ थपलटमा दिउँसो आगलागी भयो । दिनको अन्दाजी ३ बजेतिर लागेको आगोले स्थानीय लाल बहादुर रोकायाको घर गोठ जलेर नष्ट भयो । छरछिमेकी र नेपालगन्ज उप महानगरपालिकाको दमकल साथमा प्रहरीको टोलीले रोकायाको घरमा दन्कीरहेको आगो त निभाइयो तर आगो निभाउँदा सम्म अधिकाशं जलेर खरानी भइसकेका थिए ।
रोकायाको परिवार आगो घरमा लाग्दा रोई कराइरहे तर विपद कहिले कुन बेला आउँछ पतो नहुने रहेछ । रोकायाको सर्वच्च यही घर गोठ थियो । माटोको दिवाल टाइलले छाएको घर र खरले छाएको गोठ पुन प्रयोग गर्न नमिल्ने गरी नष्ट भएको छ । घरमा भएका आवश्यक कागजपत्र देखि खाध्यान लत्ता कपडा सबै आगलागीमा पनि जलेका छन् । घरमा कसरी आगलागि कसरी भयो भन्ने कुरा पत्ता लाग्न भने सकेको छैन । खेतमा मसुरो काट्न गएका बेला एक्कासी आगलागी भएको थाहा पाएको रोकायाले बताउनु भयो । दमकल आइपुग्दा घर आधा भन्दा धेरै जलिसकेको नागरिक आरोग्य केन्द्रका कर्मचारी समेत रहेका पीडित लाल बहादुर रोकायका बुहारी सविना केसी रोकायले जानकारी दिनुभयो ।
रोकायाको घरमा लागेको आगोले घर गोठ त जलायो जलायो यता यस्तो अवस्था थाह पाएर खजुरा डि गाउँ निवासी हाल अमेरिका रहनुहुने समाजसेवी लिल बहादुरको मन पोल्यो र तत्कालै रोकायाको घरमा राहत सामाग्री पठाइदिनुभयो । शनिबार विहानै घरमा राहत सामग्री देखेर रोकायले खुसीको आँसु थाम्न सकेनन् । अग्नी पिडित रोकाया भन्छन्, ‘मेरो लागी भगवान भएर आइदिनुभयो ।’ उनले भने ‘आगलागी भएर भएको नोक्सानीको त पुर्ति नभएपछि तत्कालका लागि जिउने आधार लिल बहादुर थापाले पठाइदिनु भयो ।’ आफ्नो सञ्चारमाध्यम खबरगन्जमा समाचार र भिडियो बनाएर पोष्ट गरेका पत्रकार खगेन्द्र दाहालले समाजसेवी लिल बहादुर थापाले दिएको राहत सामाग्री लिएर आएका थिए ।
पत्रकार दाहाल सगै खजुरा युवा रेडक्रस सर्कलका पदाधिकारीहरु मानविय सेवा कर्ममा स्वयमसेवीका रुपमा सहयोग गर्न पुगेका थिए । पुन आवश्यक परेको खण्डमा युवा सर्कल सहयोग गर्न आउने खजुरा युवा रेडक्रस सर्कलका उपाध्यक्ष लिला गिरीले बताउनुभयो ।

