अपोष्टलका तिन शिक्षक सम्मानित

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका ३ मा रहेको अपोष्टल एकेडेमीले आफ्नो १० औं वार्षिकउत्सव मनाएको छ । १० औं वार्षिकउत्सवको अवसरमा ३ शिक्षक सम्मानित भएका छन् । शनिबार एक समारोहको आयोजना गर्दै अपोष्टलले १० औं वार्षिकउत्सव कार्यक्रममा सबैभन्दा समयनिष्ठ कर्मचारी अवार्ड २०८१ बाट शिक्षक बिन्दु महतरा सम्मानित भएकी छन् । उत्कृष्ट हाजिरी अवार्डबाट शिक्षक संगीता सिलवाल सम्बन्धित भइन् ।

अनुशासित उपाधि को अवार्ड शिक्षक दीपा थापाले प्राप्त गरिन् । अपोष्टलले वार्षिकउत्सवको अवसरमा नतिजा प्रकाशन समेत गरेको छ । वार्षिकउत्सवका अवसरमा विविध कार्यक्रम समेत अपोष्टलले गरेको थियो । अपोष्टलका संचालक प्रिम्सीपल गिता गोदार क्षेत्रीको अध्यक्षतामा भएको भएको कार्यक्रममा विद्यार्थिहरुको सास्कृतिक कार्यक्रम, पुरस्कार वितरण, शिक्षक सम्मान गरिएको थियो । अपुष्टल एकेडेमीमा हाल ४१५ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

छ कक्षासम्म अध्यापन गरिरहेको एकेडेमीले शैक्षिक सत्र २०८२ मा कक्षा ७ सम्मका लागि भर्ना सञ्चालन गरिने जनाएको छ । अपोस्टलमा १६ जना शिक्षक सहित २४ जना कर्मचारीहरू कार्यरत रहेको प्रिन्सिपल गीता गोदार क्षेत्रीले जानकारी दिइन् । समारोहमा खजुरा गाउँपालिकाका सामाजिक विकास संयोजक कृष्णा पोखरेल, शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल लगाएतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o